के छ आजको गोरखापत्रमा लोकसेवा सामग्री ?

१. वरिष्ठ गायक एवम् सङ्गीतकार प्रेमध्वज प्रधानको निधन कहिले भएको हो ?
 विक्रम संवत् २०७८ वैशाख २३ ।
विसं १९९४ मा सिन्धुपाल्चोकको चौतारामा जन्मनुभएका प्रधानलाई नेपाली साङ्गीतिक क्षेत्रमा ‘गोल्डन भ्वाइस’ उपनामले पनि चिनिने ।
१६ वर्षको उमेरमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गर्नुभएका प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरू, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौँलगायतका दर्जनौँ गीत चर्चित छन् ।

Continue reading “के छ आजको गोरखापत्रमा लोकसेवा सामग्री ?”

एमिकस क्युरी : अदालतको साथी

तस्बिर : इन्टरनेट

अदालतमा कानुनी र संवैधानिक जटिल प्रश्न उठ्यो भने त्यसमा सार्वजनिक सरोकारका मुद्दा पर्ने गर्दछन्। उक्त मुद्दामा रिट निवेदकहरुले आफ्नो वकिलहरु राखेर बहस गर्छन् भने, जसलाई विरुद्ध बनाइएको हुन्छ उनीहरुले पनि कानून व्यवसायीहरू राखेर बहस गराउँछन्। जटिल प्रश्नमा विश्वमा भएका अभ्यासहरूको अध्ययन अनुसन्धान हुन्छ। सोही अध्ययन अदालतमा पेश हुन्छ। अदालतलाई दुवै पक्ष उस्तै र सही लाग्न सक्छ। 

न्यायधीशहरुलाई कुन पक्ष सही वा बहस ठीक हो भन्ने कुरामा अन्योल वा निर्णय गर्न जटिल लाग्न सक्छ। न्यायाधीशहरु आफैँमा सक्षम हुन्छन्। तर, सक्षम हुँदाहुँदै पनि उनीहरुले जटिल प्रश्नलाई व्यवस्थापन गर्न एउटा तटस्थ विज्ञहरुको राय बुझ्न चाहन्छन् ।

Continue reading “एमिकस क्युरी : अदालतको साथी”

वर्तमान नेपालको संविधानमा श्रम र रोजगार सम्बन्धी नीति

  • हेमन्त भट्टराई
फोटो : अनलाइन

वर्तमान नेपालको संविधानको भाग ४ धारा ५१ मा १३ वटा राज्यका नीतिहरूलाई अबलम्बन गर्ने भनी उल्लेख  गरिएको पाइन्छ । सो मध्ये उपधारा (झ) मा श्रम र रोजगार सम्बन्धी नीतिसमेत उल्लेख गरेको पाइन्छ । संविधानमा उल्लेख भएका ती नीतिहरू देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

Continue reading “वर्तमान नेपालको संविधानमा श्रम र रोजगार सम्बन्धी नीति”

लक डाउनमा सरकारको निर्णय र कानूनी व्यवस्था

 

सरकारले मिति २०७६।१२।११ गतेदेखि १ हप्तासम्म देशै भर कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा यसलाई फैलनबाट रोक्नका लागि भनी लक डाउन गर्ने निर्णय गरेको छ । यस्तो अवस्थामा के गर्न पाइन्छ र के गर्न पाइँदैन भन्ने बारे सरकारले गरेको निर्णय र कानूनमा यस्तो व्यवस्था छ ।

सरकारको निर्णय: Continue reading “लक डाउनमा सरकारको निर्णय र कानूनी व्यवस्था”

आफ्नो निन्द्रा बेची सन्तानको सपना किन्ने ‘आमा’

औंशीलाई आमाको मुख हेर्ने विशेष दिनको रुपमा लिईन्छ । हुनत आमाको महिमा, वात्सल्य, प्रेम र सन्तानका लागि गरेको त्यागलाई केही मिठाइ, कपडा, पैसा तथा शुभकामनाको औपचारिकताले मात्र खरिद गर्न सकिँदैन । आमाको जीवनभरको त्याग र बलिदानीको हिसाब बुझाउन आमालाई जीवनभरको खुसी र माया दिनु सार्थक होला । सन्तानको खुसीमा नै आमा सबैभन्दा खुसी हुन्छिन्, सन्तानको प्रगतीमै रमाउँछिन् । आफ्नो निन्द्रा बेचेर बच्चाको सपना खरिद गर्ने आमा संसारमै महान छिन् । आज मानिस भगवान् खोज्न भौंतारिरहेका छन्, कस्तुरीले आफ्नो बीना खोजेजस्तो गरि र आफ्नो समिपमै रहेकी जिउँदो भगवान् आमाको वेवास्ता गरिरहेका छन् । Continue reading “आफ्नो निन्द्रा बेची सन्तानको सपना किन्ने ‘आमा’”

कर्नालीको सपना तुहिएको कथा (पुस्तक समिक्षा)

गीत तथा अखबारी लेखनमा स्थापित सुरेश प्राञ्जलीको नाम आजभोलि चर्चामा छ । कारण, उनले लेखेको उपन्यास ‘तुइन’ जसले आज फेरि दस वर्षे सशस्त्र द्वन्द्व र गरिबीको चेपुवामा परेको कर्नालीको चीत्कार सुनाएको छ । कर्नालीवासीले भोगेको उत्पीडनको कथालाई यसले उजागर गरेको छ, जहाँ कर्णालीवासीहरु मर्दै जिउन विवश छन् । Continue reading “कर्नालीको सपना तुहिएको कथा (पुस्तक समिक्षा)”

संविधान बनाउन कि मन्त्री हुन निर्वाचन ?

– हेमन्त भट्टराई

संविधान बनाउनै भनेर दुनियाँमा कतै नहुने दोस्रो संविधान सभाको चुनाव नेपालमा भयो । सबैको आशा थियो अब त नेताहरुको चेत खुल्नेछ र विगतका गल्ती कमजोरी नदोहो¥याई तोकिएको समयमा संविधान बन्नेछ भन्नेमा । तर त्यही पक्षले यसलाई नारामा मात्र सिमित राख्यो । अहिले आएर प्रस्ट भयो कि संविधान को नाम भजाएर यी नेताहरु पदमा आसिन हुन चाहान्छन् र फेरी पनि देशलाई प्रयोगशाला बनाउन खोज्दैछन् । चुनाब त केवल आफूले चाहेको पदमा पुग्ने भ¥याङ भएको छ ।

Continue reading “संविधान बनाउन कि मन्त्री हुन निर्वाचन ?”

सुर्खेतको बुलबुले ताल

सुर्खेतको बुलबुले ताल

लाटीकोइली गाउँ विकास समिति वडा नं. ९ मा एउटा बुलबुले ताल रहेको छ । सुर्खेत उपत्यकाको सवैभन्दा ठूलो पानिको श्रोतको रुपमा रहेको बुलबुले वि.स. २०२९ साल पहिले तिलपुर, कुन्टी, नयाँगाउँ, पातालगंगा जग्गा सिचाईको निमित्त ज्यादै महत्वपूर्ण मानिन्थ्यो । यद्यपि सिंचाईको निमित्त पहिले पनि त्यत्तिकै महत्वपूर्ण छ । तर पनि आजकाल सिंचाईभन्दा यसको बुलबुल गर्दै जमिन मुनीबाट निस्कने पानीको फोका र बाह्रै महिना एकनासले सम्पूर्ण धाराबाट बग्ने अविरल पानीको बढी महत्व छ । बुलबुलेको आजकाल देखिने जलकूण्ड निर्माण गरिनुपूर्व सानो चिरोमा केही ठुला ठुला ढुङ्गाको बिचबाट पानी बुलबुल गर्दै बाहिर निस्केर बग्ने गर्दथ्यो । यहाँ स्थानीयबासीले लुगा धुने, स्नान गर्ने र खानेपानीको समेत प्रयोग गर्ने भएकाले मुखिया भीमराज पोख्रेलले बुलबुले पानीको मुहानदेखि पश्चिमपट्टि बरपिपलको रुख रोपेर चौतारी समेत बनाईदिएका थिए ।

Continue reading “सुर्खेतको बुलबुले ताल”